सेवा स्पीच एण्ड हिररिङ क्लिनिकको प्राविधिक सहयोगमा हात्तीबनमा निशुल्क स्वास्थ्य शिबिर

96
Shares

काठमाडौँ, २१ साउन । पुल्चोकस्थित सेवा स्पीच एण्ड हिररिङ क्लिनिकको प्राविधिक सहयोगमा टेवा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले शनिबार ललितपरको हात्तीवनमा बृहत निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

आफ्नो १७ औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त शिविरमा १०० बढी बिरामी लाभान्वित भएको आयोजकले जनाएको छ ।
उक्त शिविरको उद्घाटन गर्न सांसद डा तोशिमा कार्की हात्तीवन पुगेकी थिईन् ।

नाक कान घाँटी रोग विशेषज्ञ डा. लिजन महर्जनको नेतृत्वमा सञ्चालित शिविरमा मेडिकल अफिसर डा. चेतन खड़का, डा. ईश्वर बस्नेत तथा स्टाफ नर्स अस्मिता कार्की र सजिता बडे लगायतले सेवा दिएका थिए ।

शिविरमा सहभागीहरुलाई मशीनद्वारा सुनाइको जाँच गरिएको थियो । यस्तै श्रवण यन्त्र प्रयोग गर्नुपर्ने बिरामीलाई बिशेष छुटको व्यवस्था गरिएको डा महर्जनले बताए । सो अवसरमा आयोजकको तर्फबाट रक्तदान समेत गरिएको थियो ।

सेवा स्पीच एण्ड हेयरिङ क्लिनिक सञ्चालनमा आएको नौँ महिना भयो। यस क्लिनिकमा बोल्न र सुन्नमा समस्या भएका बालबालिका, वृद्धवृद्धा सहित सबै उमेर समूहका व्यक्तिको उपचार हुन्छ।

यस क्लिनिकमा तीन जना वाक तथा श्रवण विशेषज्ञ (अडियोलोजिस्ट) कार्यरत छन्। सुनाई र बोलाई सम्बन्धी समस्याको सबै किसिमको उपचार यस क्लिनिकमा हुने डा महर्जनले बताए । उनका अनुसार क्लिनिकमा अहिले कान नसुन्ने, सुनाईमा समस्या भएका वृद्धवृद्धाहरु उपचारका लागि बढी आउने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *