मिसन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको पत्र, ‘सम्झौँता अनुसार सेवा सुचारु गर्नु’

काठमाडौँ, १९ साउन । आगामी २१ साउन देखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको पाल्पाको युनाइटेड मिसन अस्पताललाई स्वास्थ्य बीमा बोर्डले पूर्ववत निर्णयबाट पछि हट्न आग्रह गरेको छ । उसले बोर्ड र अस्पतालबीच भएको सम्झौँता अनुसार सेवालाई यथावत रुपमा सञ्चालन गर्न आग्रह गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले आज अपरान्ह अस्पताललाई पत्र लेख्दै यस्तो आग्रह गरेका हुन् ।

पत्रमा उनले उनले मिसन अस्पतालका निर्देशक, जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद सहित बिहीबार बोर्डमा भएको छलफल र प्रतिवद्धता बारे समेत सम्झाएका छन् ।

छलफलमा उठेका विषयबस्तुमा क्रमबद्ध रुपले समाधान गरिने प्रतिवद्धता स्मरण गराउँदै सेवा स्थगितको निर्णयबाट पछि हटन अस्पताललाई आग्रह गरेका हुन् ।

पत्रमा अस्पतालले उठाएका विषयबस्तुमा बोर्डबाट क्रमबद्ध रुपमा त्यस अस्पतालको समस्याहरु समाधान गरिने र सो सम्वन्धमा सेवा प्रदायक संस्थाले पुरयाउनु पर्ने आवश्यक प्रक्रिया पुरयाई अस्पतालले सहयोग गर्ने प्रतिवद्धता गरेको उल्लेख छ ।

अस्पतालले तीन बुँदे विषय अघि सार्दै त्यसको सम्वोधन नभएसम्म २१ साउन देखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित हुने बताएको छ ।

अस्पताल निर्देशक डा रचेल कारखले वीमा कार्यक्रमलाई यहि रुपमा सञ्चालन गर्दा अस्पताल चल्न नसक्ने भन्दै सेवा स्थगित गर्ने निर्णयमा पुगेको बताएकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *