केन्द्रीय कारागार अस्पतालद्धारा एक वर्षमा ३६ हजार बढीको उपचार

140
Shares

काठमाडौँ, १७ साउन । केन्द्रीय कारागार अस्पतालले पछिल्लो एक वर्षमा ३६ हजार भन्दा बढी कैदीवन्दीको उपचार गरेको छ ।  सो अस्पतालबाट पछिल्लो एक वर्षमा ३५ हजार बढी कैदी बन्दीले बहिरंग सेवा र १ हजार बढी कैदी बन्दीले अन्तरंग सेवा लिएका छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा प्रकाश बुढाथोकीले विशेषज्ञ सेवा नभएका कारण सोही अवधीमा ६ हजार बढी कैदी बन्दीलाई विभिन्न अस्पतालमा लगेर उपचार गराएको बताए ।

यसैबीच केन्द्रीय कारागार अस्पताले पहिलो पटक आफ्नो सहित देश भरिका ७४ कारागार कार्यालयमा रहेका कैदी बन्दीहरुको स्वास्थ्य अवस्था र त्यहाँ कार्यरत कार्यरत स्वास्थ्य कर्मीहरुको विवरण समेटिएको बार्षिक प्रतिवेदन तयार गरेको छ । गत सोमबार सार्वजनिक भएको उक्त प्रतिवेदनमा देशभर रहेका कैदीवन्दीको स्वास्थ्य अवस्था, उपचार र समस्याको बारेमा उल्लेख छ ।

प्रतिवेदन सार्वजनिक समारोहमा भाग लिन गृहसचिव दिनेश भट्टराई र स्वास्थ्य सचिव डा रोशन पोखरेल केन्द्रीय कारागार अस्पताल पुगेका थिए ।  अस्पतालले उनीहरुबाटै प्रतिवेदन सार्वजनिक गराएको हो ।

सो अवसरमा मेसु डा बुढाथोकीले सचिवद्धयलाई अन्तर मन्त्रालय समन्वय कार्यदलका २ बैठकले गरेका निर्णयहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रतिवेदन तयार तथा प्रकाशन गर्न खटिने अस्पतालका कर्मचारी रमा घिमिरे, भवानी शर्मा, युवराज पोख्रेल र देवराज गौतमलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा कारागार व्यवस्थापन बिभागका महानिर्देशक चक्रपाणी पाण्डेले कैदी बन्दीहरु सबै थुनुवा पुर्जीको आधारमा स्वास्थ्य विमा गर्ने गरि अघि बढेकोले सबै कैदीबन्दी तथा थुनुवालाई स्वास्थ्य बीमाको पहुँच उपलव्ध गराउने, मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्ने लगायतका योजना बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *