गोरखाका स्वास्थ्य संस्थालाई १५ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग

100
Shares

गोरखा । गोरखाको शहिद लखन गाउँपालिका र गण्डकी गगाउँपालिकाभित्रका स्वास्थ्य चौकीलाई रु १५ लाख ५० हजार मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।

मुटु फाउन्डेशन नेपालले आमाको माया परियोजना अन्तर्गत आमा र बाल मृत्यु दरलाई कम गर्न गोरखाको शहिद लखन गाउँपालिकाभित्रका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

उक्त संस्थाले शहिद लखन गाउँपालिकाभित्रका बुङकोट स्वास्थ्य चौकी, मनकामना आधारभूत स्वास्थ्य चौकी, मनकामना स्वास्थ्य चौकी, ताकलुङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको मुटु फाउण्डेशन नेपालका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।

उक्त सामाग्री गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगर, वडा अध्यक्षहरु सरन श्रेष्ठ, सकुन थापा, दिपक पाण्डे, यामबहादुर थापालगायतको उपस्थितीमा प्रदान गरिएको हो ।

यस्तै, गण्डकी गाउँपालिका अन्तगएत मकैसिंह प्राथमिक स्वाथ्य केन्द्र र भुम्लीचोक स्वाथ्य चौकीलाई वडा अध्यक्षद्वय तुल बहादुर गुरुङ र तोपमान गुरुङको उपस्थितीमा प्रदान गरिएको थियो ।

स्वास्थ्य सामाग्रीको अभावका कारण स्वास्थ्यकर्मीलाई सेवा दिन असहज नहोस् भन्ने उदेश्यले मनोज एसोसियसन फ्रान्स र नमस्ते ग्रिनवलले आर्थिक सहयोग गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *