‘मिस यूनिभर्स नेपाल-२०२३’ सँग जोडियो कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल
काठमाडौँ , १४ साउन । चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस यूनिभर्स नेपाल २०२३’सँग कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिचस सेन्टर (केडीसी)’ जोडिएको छ । उक्त प्रतियोगितामा डेन्टल पार्टनरको रुपमा केडीसी जोडिएको हो ।
गत शुक्रबार बसुन्धरामा आयोजित कार्यक्रममा उमंग क्रियशन प्रालि र केडीसीबीच लिखित संझौता भएको छ । सम्झौँता पत्रमा केडीसीका तर्फबाट आर्थिक विभाग प्रमुख पुरुषोत्तम अधिकारी र उमंगका तर्फबाट प्रवन्ध निर्देशक उद्धव अधिकारीले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ, उमंग क्रियशनका राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठ लगायतको उपस्थिति थियो ।
सम्झौँता अनुसार अब ‘मिस यूनिभर्स नेपाल’का प्रतिस्पर्धीहरुले मुख तथा दन्त स्वास्थ्यको विषयमा आम मानिसहरुलाई जानकारी गराउने छन् । साथै, अस्पतालले सबै प्रतिस्पर्धीहरुको मुख तथा दन्त स्वास्थ्य सम्वन्धी परीक्षण गरिदिने छ । यस्तै विजेताहरुलाई सर्जरीको सुविधा समेत कलेजले दिने सहमति भएको छ ।
‘खासगरी हाम्रो यो तेस्रो पाटर्नसीप हो । सन् २०२० र २०२१ को प्रतियोगितामा पनि हामी पाटनर बनेका थियौँ । महिला सशक्तिकरण, महिलाको स्वास्थ्य र सौन्दर्य तथा क्षमता विकासका लागि गरिएको यो कार्यमा हामीले सहकार्य गरेका हौँ । यसले नेपालका महिलाहरुको सशक्तिकरण तथा सौन्दर्य साथै नेपालको मुख तथा दन्त स्वास्थ्यको क्षेत्रमा समेत सकारात्मक सन्देश विश्वभर फैलाउने छ भन्ने हाम्रो अपेक्षा हो,’ केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले भने ।
सम्पर्क इमेल : [email protected]