जनस्वास्थ्यकर्मी विनोद शाही ठकुरी राष्ट्रिय युवा परिषदको बोर्ड सदस्यमा मनोनित

काठमाडौँ, १२ साउन । युवा जनस्वास्थ्यकर्मी एवमं नेविसंघ नेता विनोद शाही ठकुरी राष्ट्रिय युवा परिषदको बोर्ड सदस्यमा मनोनित भएका छन्। परिषदका बोर्ड अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले मन्त्रीस्तरीय निणर्य गर्दै उनलाई बोर्ड सदस्यमा नियुक्त गरेका हुन् ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ६ का शाही फार्मेसीमा डिप्लोमा र जनस्वास्थ्य विषयमा ग्राजुएट्स हुन् । ने वि संघ नेता समेत रहेका शाहीले आफूलाई विभिन्न विश्वविद्यालय र सिटिईभिटीका स्वास्थ्य तर्फका विद्यार्थीको पक्षमा आवाज उठाउने गरेको बताउँछन् ।
चार वर्षे कार्यकाल रहने गरि परिषद बोर्ड सदस्यमा नियुक्ति भएपछि उनले विधान र कानुनको अधिनमा रहि परिषदको भूमिकालाई अझ परिस्कृत गर्दै स्वास्थ क्षेत्रका युवा सँग जोड्न उच्चतम भूमिका खेल्ने बताए ।
युवा सशक्तीकरण र उत्थान र क्षेत्रगत सुधारमा महत्वपुर्ण भूमिका रहने परिषद् देशव्यापी संजाल रहेको संस्था हो।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

