अवैध रुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको आरोपमा दुई सञ्चालक पक्राउ

184
Shares

कैलाली, १० साउन । अवैध रूपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-३ बोराडाडीस्थित अर्जुन क्लिनिकका संचालक ४५ वर्षीय अर्जुन कुँवर र सोही उपमहानगरपालिका(७ देवरियास्थित अभिनव हेल्थ क्लिनिकका संचालक गौरीगंगा नगरपालिका-१० घर भएकी २१ वर्षीया कमला बोहरा रहेका छन् ।

धनगढी क्षेत्रमा ईजाजत बिना मेडिकल, फार्मेसी तथा औषधि पसलहरु संचालन गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय धनगढी कैलालीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा गैह्र कानूनी रूपमा क्लिनिक संचालन गरी औषधि बिक्री तथा चिकित्सा सेवा प्रदान गरेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *