वीरको सेवा ८ बजे देखि सुरु हुँदा सबैलाई फाइदा : एफडीए

152
Shares

काठमाडौँ । विहान ८ बजे देखि सेवा सुचारु गर्ने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)को निर्णयलाई फ्याकल्टी डाक्टर्स एसोसिएसन (एफडीए) न्याम्सले स्वागत गरेको छ ।

एफडीएले आज एक विज्ञप्ती जारी गर्दै विहान आठ बजे देखि सेवा प्रारम्भ गर्ने निर्णयको स्वागत गरेको हो ।

वीर अस्पतालले गत १ साउन देखि अस्पताल सेवा विहान ८ बजे देखि नै सुरु गर्न थालेको छ । एफडीएका महासचिव डा दीपक दत्तले विज्ञप्ती जारी गर्दै विहानै सेवा सुचारु गर्दा अस्पतालको भीड कम हुने र ट्राफिक जामको समस्याबाट समेत स्टाफहरु मुक्त हुने साथै बिरामी पक्ष पनि विहानै जाँच गर्न पाउँदा खुशी हुने उल्लेख गरेका छन् ।

उनले तोकिएको शैक्षिक कार्यक्रम ३ बजे पछि हुने भएकोले केही समस्या नहुने समेत स्पष्ट पारेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *