नेपाल स्वयंवयंसेवी रक्तदाता समाज वडा समिति गठन

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ४ मा नेपाल स्वयंसेवी रक्तदाता समाज वडा समिति गठन भएको छ । इमाडोलमा शनिबार सम्पन्न भेलाले सुदन ताम्राकारको अध्यक्षतामा वडा समिति गठन गरेको हो ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यको उपस्थितिमा सम्पन्न भेलाले समितिको उपाध्यक्षमा कृष्ण राय, सचिवमा सुरेन्द्र खत्री र कोषाध्यक्षमा कोपिलचन्द्र महर्जन चयन गरेको छ । सदस्यहरूमा रञ्जन थापा मगर, कल्पना श्रेष्ठ, सक्षम खड्का र अंशु अर्याल रहेका छन् ।
भेलाले पुष्पराज खत्री, रिसा श्रेष्ठ, अञ्जन सिंह बस्नेत, उमेश श्रेष्ठ, दामु रोक्का, प्रल्हाद सँग्रौला र प्रेमप्रसाद शर्मालाई सल्लाहकार बनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

