भक्तपुरको दुवाकोटमा वीर अस्पतालको निशुल्क स्वास्थ्य शिविर, ४४४ जनाको स्वास्थ्य जाँच

536
Shares

काठमाडौँ, ५ साउन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले शुक्रबार भक्तपुरको दुवाकोटमा बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । वीर अस्पतालको १३४ औँ बार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार निशुल्क शिविरको आयोजना गरिएको हो ।

शिविर वीर अस्पतालको विस्तारित सेवा हुने भनिएको दुवाकोटस्थित आफ्नै भवनमा भएको थियो । शिविरमा सहभागी डा उत्तम पच्याका अनुसार १५२ नजा पुरुष, २३३ जना महिला, ५९ जना जेष्ठ नागरिक सहित कुल ४४४ जनाले सेवा लिएका थिए ।

जसमा ८१ जनाको एक्सरे, ५६ जनाको इसीजी, ७० जनाको युएसजी, १५ जनाको ईको, २६ जनाको प्यापेस्मेयर गरिएको थियो ।

यस्तै प्रयोगशाला सेवा १२० जनाले लिएको डा पच्याले बताए ।

डा श्रीराम तिवारीको संयोजनमा भएको शिविरको उद्घाटन गर्न न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेत, निर्देशक डा सन्तोष पौडेल तथा अन्य चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु पुगेका थिए ।

शिविरमा छाला तथा यौनरोग, सामान्य चिकित्सा, शल्यचिकित्सा, मुटुरोग, मुख तथा दन्त, छाती रोग, मधुमेह थाइरोइड, जनरल प्राक्टिस, जेष्ठ नागरिक, हाडजोर्नी, नाक कान घाँटी, मानसिक रोग, महिला रोग, रेडियोलोजी प्रयोगशाला जाँच, औषधि वितरण तथा स्वास्थ्य शिक्षाको कार्यक्रम समेत राखिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *