एकैदिन भेटिए ५ जना कोरोना संक्रमित

84
Shares

काठमाडौँ, ३ साउन । केही हप्ताको लामो अन्तरपछि बुधबार एकैदिन ५ जना कोरोना संक्रमित भेटिएका छन् ।

पछिल्लो चौबिस घण्टामा ५६१ जनाको पीसीआर परीक्षणबाट ५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो मंगलबार १ जना संक्रमित भेटिएका थिए ।

मन्त्रालयले कोरोना शून्यमा झरेको भन्दै सबै कोभिड प्रोटोकलहरु हटाइसकेको छ । तर पुन: कोरोना बढेसँगै फेरि प्रोटोकल आफैँ अपनाउनु पर्ने देखिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९७० जनाले खोप लगाएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *