चितवनका अस्पतालमा पार्किङ निःशुल्क गर्न मन्त्री जोशीको निर्देशन

76
Shares

काठमाडौँ, ३ साउन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले चितवनका अस्पतालहरुलाई सवारी पार्किङ शुल्क नलिन निर्देशन दिएका छन् ।

मन्त्री जोशीले बिरामीहरुको चाप उच्च रहने चार ठूला अस्पतालहरुलाई पार्किङ शुल्क नलिन निर्देशन दिएका हुन् ।

जोशीले भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई यस्तो निर्देशन दिएका हुन् ।

जोशीले भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेल, सिएमसीका सिईओ प्रताप देवकोटा, सिएमएसका प्रशासकीय अधिकृत हिमनाथ घिमिरे र क्यान्सर अस्पातलका अध्यक्ष विजय न्यौपानेलाई टेलिफोन सम्पर्क गरी पार्किङ निःशुल्क गर्न भनेका छन् ।

अस्पतालमा आउने बिरामी र आफन्तसँग पार्किङको नाममा लिइने शुल्कका विषयमा जनगुनासो बढेकोले मन्त्रालयले यस्तो निर्देशन गरेको मन्त्री जोशीको भनाइ छ । “बिरामी र तीनका आफन्तले अस्पतालमा उपचारका लागि आउँदा पार्किङ शुल्क तिर्नु परेको धेरै गुनासा आए । यस्तो बाध्यता हटाउन निर्देशन गरिएको छु, उनले भने ।

शुल्क लिने व्यवस्था हटाई सवारी साधनको सुरक्षा अस्पतालले गर्नुपर्ने उनको भनाइ छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *