नेपालीहरुलाई मेडिकल टुरिजमको माध्यमबाट सेवा दिने प्रयासमा कलकत्ताको एएमआरआई अस्पताल

काठमाडौँ, २ साउन । उपचारको लागि भन्दै भारत जाने नेपालीको संख्यामा थोरै छैन । अधिकांशको गन्तव्य राजधानी नयाँ दिल्लीका अस्पतालहरु हुने गरे पनि दक्षिण पूर्वी शहर कलकत्ता र दक्षिण पश्चिमी शहरका मुम्बइका अस्पतालमा पनि नेपालीहरु भेटिने गरेका छन् ।
भारतले पछिल्लो समय मेडिकल टुरिजमलाई अघि बढाएको छ । त्यहाँ नेपाल सहित दक्षिण एसियाली देश, दक्षिणपूर्वी एसिया, अफ्रिका, युरोप, तथा मध्यपूर्वका देशबाट उपचारका लागि जानेक्रम बढेको छ ।
यसै सन्दर्भमा मंगलबार काठमाडौँमा भारतको कलकत्तास्थित एएमआरआई हस्पिटल्सका प्रतिनिधिहरुले मेडिकल टुरिजम, आफ्ना सेवा र नेपालीहरुले लिन सक्ने लाभको बारेमा पत्रकार भेटघाटको आयोजना गरेका थिए ।
कलकत्तामा तीनवटा र भुवनेश्वरको उडिसामा एउटा गरी कुल चारवटा अस्पताल सञ्चालन गरेको एएमआरआईका ग्रुप सिईओ रुपक बरुवाले आफ्ना सेवाहरुको बारेमा जानकारी दिए । उनले आफ्नो अस्पतालमा प्रतिवर्ष ८ हजार ५ सय देखि ९ हजार बढी नेपालीले उपचार गराउन आएको सुनाए । कुल १२०० शैय्याको एएमआरआई आफैमा एक मल्टीस्पेस्यालिटी अस्पताल भएको बरुवाले जानकारी गराए ।
‘उपचारमा सहज छ । नेपालीहरुको लागि उपचार शुल्कमा कुनै भेदभाव छैन् । बरु विदेशी बिरामी भनेर झनै अन्य सुविधाहरु थपिन सक्छ । खर्चको कुरा गर्दा दिल्लीमा भन्दा ३० ३५ प्रतिशत कम पर्छ । अनि गुणस्तरीय उपचार हाम्रो प्रतिवद्धता हो,’ सीईओ बरुवाले सुनाए ।
कार्यक्रममा एएमआरआईबाट आएका नेफ्रोलोजिष्ट डा अर्घ्या मजुम्दर, कार्डियोजोरासिक एण्ड सिटिभिएस सर्जन प्राडा सिदार्थ मुखर्जीले समेत अस्पतालको सेवाका बारेमा बोलेका थिए । डा मजुम्दरले आफ्नो अस्पतालबाट अहिलेसम्म ६२ जनाको मिर्गौला प्रत्यारोपण भएको समेत बताए ।
नेपालीहरुले भारतमा मिर्गौला प्रत्यारोपण गर्न डोनर लिएर जानु पर्दै भन्ने पनि सुनिन्छ नि भन्ने प्रश्नमा उनले त्यो गलत रहेको बताए । ‘भारतमा पनि कडा कानून छ, इलिगल काम गर्न मिल्दैन’उनले भने ।
कार्यक्रममा मुटु सर्जन प्राडा मुखर्जीले उपचारका लागि लाग्ने समय, व्यवस्था र गुणस्तरको बारेमा जानकारी गराएका थिए ।
दुई दिने भ्रमणमा रहेको यो टोलीले केही सरकारी अधिकारी, केही अस्पतालका प्रमुखहरुसंग दीपक्षीय सम्वन्ध, सेवा विस्तारका लागि छलफल गर्ने भएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

