हेटौँडा अस्पताललाई थप दुई डायलासिस मेसिन

 

काठमाडौँ, १ साउन । हेटौँडा अस्पतालको डायलासिस सेवालाई थप प्रभावकारी बनाउन दुई मेसिन थप गरेको छ । मिर्गौलाका बिरामीलाई लक्षित गर्दै उपमहानगरले आरोग्य फाउण्डेसनबाट हेटौँडा–११ चुरेहीलमा सञ्चालनमा रहेका दुई मेसिन हेटौँडा अस्पतालमा स्थानान्तरण गरेको हो ।

चुरेहिलमा डायलासिस सेवा बन्द भएपछि उपमहानगरले फाउण्डेसनसँग सहकार्य गर्दै आजदेखि हेटौँडा अस्पतालमा उक्त सेवा सञ्चालन गरेको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् ।

योसँगै डायलासिस सेवा लिन बिरामी अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । बिरामीले अब हेटौँडामै सेवा पाउने हेटौँडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। रामचन्द्र सापकोटाले बताए ।

नगर प्रमुख लामाले निजी तथा सामाजिक संस्थाको सहयोगमा उपमहानगरले सुरु गरेको डायलासिस सेवा थप प्रभाकारी बनाइने बताइन् ।

हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाइँका अनुसार डायलासिस सेवाका लागि ४५ बिरामी पर्खाइमा छन् । हेटौँडा अस्पतालले हाल १३ मेसिनबाट डायलासिस सेवा दिँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *