प्रसिद्ध मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमीको सेवा आजबाट केएमसीमा
काठमाडौँ, १ साउन । प्रसिद्ध मुटुरोग विशेषज्ञ प्राडाअरुण सायमीको सेवा आजबाट सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालबाट प्रारम्भ हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट अवकाश पछिको तीन वर्षे करार अवधी आइतबार (हिजो) सकिएपछि आजैबाट उनी केएमसीबाट सेवा दिन थालेका हुन् ।
‘मैले आइओएम अन्तरगर्तका अस्पतालमा ४० वर्ष सेवा गरेँ । अवकाश पछिको तीन वर्ष करार सेवामा रहेर मैले मनमोहनमा विताएँ । हिजो त्यताको करार सकियो । अब आजबाट केएमसीमा फुलटाइम काम गर्ने हो । मुल त एकेडेमिक तर्फ मेरो सक्रियता हुनेछ । एमबीबीएस देखि एमडी, डीएमका विद्यार्थीको अध्ययन् अध्यापनमा सघाउने छु,’ । प्राडा सायमीले भने ।
केएमसी अस्पताल प्रमुख प्राडा रतिन्द्रनाथ श्रेष्ठले प्रसिद्ध डाक्टर सायमीको आगमनसंगै केएमसीको सर्भिस र एकेडेमिक दुबैमा सहयोग पुग्ने बताए ।
‘हामीले यसपटक कार्डियोलोजीको डिएम प्रोग्रामको लागि पनि अप्लाई गरेका छौँ । उपचार तर्फ बाइप्लेन क्याथल्याव राखेका छौँ । अब केएमसीमा मुटु उपचारको विशेष सेवा सुरु हुनेछ । उहाँको आगमनले हाम्रो एकेडेमिक र सर्भिस दुबै क्षेत्रमा टेवा पुग्नेछ,’ प्राडा श्रेष्ठले भने
शहीद गंगालाल ह्दय केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका सायमीले २१ वर्ष प्रधानमन्त्रीको निजी चिकित्सकको रुपमा काम गरेका थिए। उनले एमवीबीएस, एमडी र डीएमसम्मका विद्यार्थीलाई पढाउने गरेका छन्।
– त्रिवि आइओएम किन ‘भद्रगोल’ ?
सम्पर्क इमेल : [email protected]