वीरको ओपिडी सेवा आज देखि ९ नबज्दै सुरु
काठमाडौँ, १ साउन । वीर अस्पतालले आजबाट विहान ९ बजे अघि देखि नै ओपिडी सेवा सञ्चालनमा ल्याउने भएको छ । अस्पतालले यो सेवा साताको छ दिन अपरान्ह ४ बजेसम्म सञ्चालनमा आउने जनाएको छ ।
गत २२ असारको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कायृकारी परिषद्को बैठकले आज देखि लागू हुने गरी वीरको कार्यालय समय विहान ८ देखि अपरान्ह ४ बजेसम्म र कात्तिक १६ देखि माघ १५ सम्म विहान साढे ८ देखि दिउसो साढे ३ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।
वीरका निर्देशक डा सन्तोष पौडेलले आइतबार सूचना जारी गर्दै आजबाट संसोधन हुन लागेको कार्यालय समय र सेवाको बारेमा जानकारी दिएका छन् । उनले ओपिडी सेवाको टिक विहान ७ देखि दिउसा साढे २ बजेसम्म हुने, शल्यक्रिया सेवा विहान ८ बजे देखि नै सुरु हुने, जिम्मेवारी हस्तान्तरण विहान ९ बजे अघि तथा शैक्षिक गतिविधि अपरान्ह ३ बजेपछि मा गर्ने गराउने भनेका छन् ।
उनले सबै कर्मचारीहरुको इ हाजिरी अनिवार्य गरिएको भन्दै ओपिडी सेवाका कर्मचारीहरुको हाजिरी विहान सवा ८ बजेसम्म इन र अपरान्ह पौने चार बजे पछि आउट हुनुपर्ने व्यवस्थााई मात्र मान्यता दिइने बताएका छन् ।
सम्पर्क इमेल : [email protected]