दरबन्दी बढी भएका १६ जना स्वास्थ्यकर्मीलाई कोहलपुर नगरपालिकाद्धारा फिर्ता

नेपालगञ्ज, ३० असार । कोहलपुर नगरपालिकाले दरबन्दी भन्दा बढी संख्यामा रहेको भन्दै १६ जना स्वास्थयकर्मीलाई फिर्ता गरेको छ । शनिबार बसेको नगर कार्यपालिकाको बैठकले १ साउन देखि लागू हुने गरी उनीहरुलाई फिर्ता गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयले गत २५ असारमा ७ बुँदे पत्र पठाउँदै कर्मचारी समायोजन पश्चात स्थानीय तहहरुको दोहोरो सहमतिका आधारमा कामकाज खटाइएका कर्मचारीहरुमध्ये स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्य कर्मचारीहरुलाई तत् तत् स्थानीय तहमा १ साउन देखि लागू हुने गरी अनिवार्य काज फिर्ता गरी मन्त्रालयलाई जानकारी दिनु भनेको थियो ।

कोहलपुर नगरपालिकाले सोही पत्रलाई आधार मानी निर्णय गरेको जनाएको छ । काज फिर्ता हुनेहरुमा पाँच जना छैटौँ तह, नौ जना पाँचौँ तह र दुई जना चौथो तहका स्वास्थ्यकर्मी रहेका छन् ।

स्वास्थ्यका ट्रेड युनियन तथा कर्मचारीलेहरुले भने स्वास्थ्यकर्मीहरुको जिम्मेवारीबाट संघीय सरकार र स्थानीय सरकार पन्छिएको आरोप लगाएका छन् । उनीहरुले यसबाट स्वास्थ्यको समायोजन ठिक ढंगले गरिएको रहेनछ भनेर पुष्टि भएको समेत बताउन थालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *