डाक्टर वाइपी सिंहद्धारा लिखित पुस्तक ‘क्यान्सर के, किन र कसरी ?’ लोकार्पण

112
Shares

काठमाडौँ, ३० असार । बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा योगेन्द्र प्रसाद सिंहद्वारा लिखित पुस्तक ‘क्यान्सर के, किन र कसरी ?’ लोकार्पण भएको छ। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले पुस्तकको लोकार्पण गरेका हुन्।

पुस्तक लोकार्पणपछि उनले स्वादेशमै गुणस्तरीय एवं सर्वसुलभ शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने दायित्व राज्यको भएकाले त्यसतर्फ ध्यान दिन अनुरोध गरे। उनले क्यान्सरका विषयमा सरल र सहज ढंगले बुझाउने विषय पुस्तकमा समावेश गरेको भन्दै डा सिंहको प्रशंसा गरे।

पछिल्लो समय रोगको पहिचानका लागि ‘हेड टु टोइ इक्जामिनेसन’ गर्ने क्रम घटेर सिधै सिटी स्क्यान गर्ने चलन बढेकोमा दुख व्यक्त गरे।

पूर्व राष्ट्रपति डा यादवले आफ्नै पहलमा क्यान्सरको पहिचानका लागि आवश्यक पेट सिटीका लागि एक दशकअघि नै बजेट व्यावस्था गरे पनि हालसम्म उक्त उपकरण नआएकोमा पनि दुस्ख व्यक्त गरे।

पुस्तकका लेखक प्राडा सिंहले क्यान्सर रोगसम्बन्धी सचेतना जगाउन सहयोग पुर्‍याउने उद्देश्यले सम्बन्धित क्षेत्रका विशेषज्ञको लेख रचनासमेत समेटेर पुस्तक प्रकाशित गरेको जानकारी दिए। उनले क्यान्सर के कारणले लाग्छ, किन लाग्छ र कसरी लाग्छ भन्ने कुरा कमसेकम जनप्रतिनिधि तथा स्कुलहरु सम्म पनि पुर्‍याउन सके सरकारको र जनताको धेरै आर्थिक भार कम गर्न सकिने जानकारी दिए।

कार्यक्रममा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का पूर्व डिन तथा काठमाडौं महानगर पालिकाका स्वास्थ्य सल्लाहकार प्राडा जगदिश प्रसाद अग्रवालले जनचेतना जगाउने विषयमा पुस्तकको ठूलो भूमिका खेल्ने बताए। उनले खानपानका विषयमा मात्र सबैमा बुझाउन सके क्यान्सर हुनबाट धेरैलाई जोगाउन सकिने पनि जानकारी दिए।

त्रिवि चिकित्सा शास्त्र अध्यायन संस्थान महाराजगन्जकी डिन प्राडा दिव्या सिंह शाहले पुस्तकले नेपालमा जनचेतना जगाउन सहयोग पुग्ने भएकाले अडियो संस्कारण पनि निकाल्न आवश्यक रहेको बताइन्।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र प्रसाद बरालले क्यान्सर निको हुने रोग भएकाले यसका विषयमा धेरैभन्दा धेरै जानकारी समाजमा पुर्‍याउन आवश्यक रहेको बताए। उनले नेपामला नै क्यान्सरका अधिकांश उपचार हुने भएकाले क्यान्सर विजेताहरुसँगको साथमा लिएर चेतनामुलक कार्यक्रम गर्नुपर्ने बताए।

क्यान्सर सर्भाइभर रुबी क्षेत्रीले क्यान्सरबारे सचेतना संगै रोग लागेपछि बिरामीको आत्मवल बढाउनु पर्ने गतिविधिलाई जोड दिनु पर्ने बताईन् । उनले आफूलाई क्यान्सर लाग्दा भोगेको पिडा सुनाउँदै बिरामी र डाक्टर तथा आफन्तहरुको सम्वन्ध, व्यवहारको विषयमा चर्चा गरिन ।

नेपाल क्यान्सर एजुकेशन फाउण्डेशनका अध्यक्ष समेत रहेका प्राडा सिंहले लेखेको उक्त पुस्तक फाउन्डेशनले नै प्रकाशन गरेको हो। पुस्तकको मूल्य २५० रुपैयाँ रहेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *