सुर्तीजन्य पदार्थबाट प्राप्त हुने करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ : सांसद दाहाल
काठमाडौँ, २९ असार । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि सुझाव राख्दै सांसद दाहालले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने भन्दै यस्तो प्रस्ताव राखेका हुन् ।
बैठकमा बोल्दै सांसद दाहालले सुर्तीजन्य पदार्थमा करको दर बढाउनुपर्ने प्रस्ताव राखेका छन् । सरकारले स्वास्थ्य जोखिम कर वापत् उठाउने गरेको रकमबाट थोरै मात्र अस्पतालहरुमा दिइने गरेको भन्दै त्यस्तो रकम स्वास्थ्य सेवामा नै लगाउनुपर्ने सांसद दाहालले बताए ।
राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि दफावार छलफल सकिएको छ ।
सम्पर्क इमेल : [email protected]