हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिँदै
काठमाडौँ, २६ असार । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका ६ जनाको शव काठमाडौँ ल्याइएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार शव काठमाडौँ शिक्षण अस्पतालमा लगिएको छ । सुरुमा ४ जनाको शव ल्याइएको थियो । दोस्रो हेलिकप्टरमा दुई शवसहित ६ जनाकै शव काठमाडौँ ल्याइएको छ ।
मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको ९- एनए एमभी कलसाइन कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकोप्टरमा सवार सबै ६ जनाको निधन भएको थियो ।
हेलिकोप्टरमा चालक दलका सदस्य क्याप्टेन चेत गुरूङ सहित ५ जना म्याक्सिकन नागरिक थिए ।
उक्त हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
सम्पर्क इमेल : [email protected]