सुनसरीको झुम्कामा अंगदान सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुनसरी । अङ्ग दान तथा अङ्ग प्रत्यारोपणको अभियानलाई देशव्यापी बनाउने योजनामा लागेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आज सुनसरीको झुम्कामा भएको अङ्दान सम्वन्धी बृहत अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएको छ ।
केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपण सर्जन डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा गएको टोलीले रामधुनी नगरपालिका झुम्कामा साई हस्पिटल प्रालि र ओखती सोलुसन प्रालिको आयोजनामा भएको बृहत अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएको हो ।
उक्त कार्यक्रममा अङ्गदान के हो ? मानव शरीरका कुन कुन अङ्गहरू दान गर्न सकिन्छ ? अङ्गदानको कानुनी प्रक्रिया के कस्तो छ भनेर सरोकारवाला पक्षबीच छलफल गरिएको थियो ।
‘अङ्गदान जीवन दान हो । मृत्युपछि डढेर वा कुहिएर खेरजाने अंग कसैको जीवन बचाउनका लागि काम लाग्छ । त्यसैले यदि कसैको मस्तिष्क मृत्युपछि अंगदान गर्नुभएमा त्यो भन्दा ठूलो पून्य केही हुँदैन । हामीले मस्तिष्क मृत्यु पछि दान गरेका पाँच जनाको अंग १० जनामा मिर्गौला र ३ जनामा कलेजो प्रत्यारोपण गरिसकेका छौँ । मृत्यु भएका ती पाँच जनाले आज १३ जनाको जीवन बचाउनु भएको छ जीवन सहज बनाउनु भएको छ,’ अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि बनेका डा पुकारचन्द्र श्रेष्ठले भने ।
उनले अङ्गदान सम्वन्धी कानून पनि सहज बन्दै गएको भन्दै अहिले ५१ जना नजिकका नातेदारहरुले कसैको अङ्ग फेल भएमा दिन सक्ने अवस्था रहेको बताए । उनले अङ्गदान गर्नेमा महिला पुरुषमा भने विभेद भएको बताए । ‘हामीकहाँ अंगदान गर्ने ८० प्रतिशत महिला र अंग दान लिने ८० प्रतिशत पुरुष रहेको देखिएको छ । यो ज्यादै नै असमानता हो । हामीले यसलाई चिर्नुपर्छ,’ उनले भने
कार्यक्रम संयोजक डिल्लीराम भण्डारीले अङ्गको अभावमा कतिपय जीवनहरु कारुणिक अवस्थामा रहेको तथा ज्यान गइरहेको भन्दै अङ्गदान सम्वन्धी कार्यलाई प्रोत्साहित गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए ।
सो अवसरमा रामधुनी नगरपालिकाका प्रमुख शंकर लाल चौधरी मस्तिष्क मृत्युपछि अङ्गदान गर्नु भयो ।
साई हस्पिटल प्रालिका कार्यकारी निर्देशक दुर्गाप्रसाद फूँयालले कोशी प्रदेशमा अङ्गदानलाई ब्यापक बनाउने र एक वर्ष भित्र १५०० जनालाई अङ्गदान गराउन सक्दो पहल गर्ने बताए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

