दैलेख र जाजरकोटमा पनि गठन भयो नेपाल स्वयंसेवी रक्तदाता समाज

जाजरकोट । रक्तदान सम्वन्धी कार्य गर्दै आएको नेपाल स्वयंसेवी रक्तदाता समाजले जिल्ला शाखा विस्तार गर्ने कार्यलाई निरन्तरता दिएको छ । समाजले बिहीबार ३६ औं जिल्ला शाखा जाजरकोटमा गठन गरेको छ ।
यसअघि बुधबार ३५ औं जिल्ला शाखा दैलेखमा गठन भएको थियो ।
समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यका अनुसार स्वजन शाक्यको अध्यक्षतामा जाजरकोट जिल्ला शाखा गठन भएको छ । सो शाखाको उपाध्यक्षमा अनिश कार्की, सचिव प्रेम विक, कोषाध्यक्ष पार्वती घर्तीमगर रहेका छन् ।
सदस्यहरुमा खम्बजंग शाह, विशाल चन्द, शर्मिला रोकाय, शारदा थापा, दीपक विके, छवि पन्त, शहदेव बस्नेत र प्रकाश सिंह रहेका छन् । सीता जैसी, विक्रम शाह, हरिबहादुर बस्नेत, रामचाया शाही, धर्मशीला बस्नेत, हरिकला जैसी, भक्तबहादुर मल्ल, दीपकबहादुर घर्ती र कृष्ण थापा सल्लाहकारको रुपमा रहेका छन् ।

यस्तै बुधबार दैलेखमा गठन गरिएको ३५ औँ जिल्ला शाखाको नेतृत्व गर्दै अध्यक्षमा अमर सुनार तोकिएका छन् । समितिको उपाध्यक्षमा रमा श्रेष्ठ, सचिवमा भरत अधिकारी र कोषाध्यक्षमा विष्णु भण्डारी रहेका छन् ।
सदस्यहरुमा खमबहादुर थापा, भरतबहादुर बम, सुनीलकुमार शर्मा, नबिन रिजाल, प्रभाकुमार विक, प्रतिमा थापा र भूपेन्द्र खड्का रहेको कर्माचार्यले बताए ।
दुबै ठाउँमा जिल्ला समिति गठन गर्नु अघि भेला गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

