बागमती प्रदेशका पाँच जना स्वास्थ्यकर्मी एघारौँ तहमा बढुवा

1.2k
Shares

काठमाडौँ, २२ असार । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले स्वास्थ्य सेवा तर्फका ५ जना कर्मचारीलाई एघारौँ तहमा बढुवाको सिफारिस गरेको छ ।

आयोगले प्रदेश निजामती सेवा ऐन २०७९ को दफा ४३ लाई टेकेर रिक्त पदमा बढुवा सिफारिस गरेको जनाएको छ ।

त्यसरी बढुवा हुनेहरुमा प्रदेश स्वास्थ्य सेवा तर्फ निर्देशक पदको एघारौँ तहमा नारायणबहादुर कार्की, त्यसैगरी निर्देशक, प्रमुख मेडिकल सपरीटेन्डेन्ट एघारौँ तहमा दीपकप्रसाद तिवारी, बसन्त अधिकारी, डा अर्जुनप्रसाद सापकोटा र डा नरेन्द्रकुमार झा रहेका छन् ।

बढुवाका लागि आयोगले गत ११ बैशाखमा प्रकाशित गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *