बागमती प्रदेशका पाँच जना स्वास्थ्यकर्मी एघारौँ तहमा बढुवा

काठमाडौँ, २२ असार । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले स्वास्थ्य सेवा तर्फका ५ जना कर्मचारीलाई एघारौँ तहमा बढुवाको सिफारिस गरेको छ ।
आयोगले प्रदेश निजामती सेवा ऐन २०७९ को दफा ४३ लाई टेकेर रिक्त पदमा बढुवा सिफारिस गरेको जनाएको छ ।
त्यसरी बढुवा हुनेहरुमा प्रदेश स्वास्थ्य सेवा तर्फ निर्देशक पदको एघारौँ तहमा नारायणबहादुर कार्की, त्यसैगरी निर्देशक, प्रमुख मेडिकल सपरीटेन्डेन्ट एघारौँ तहमा दीपकप्रसाद तिवारी, बसन्त अधिकारी, डा अर्जुनप्रसाद सापकोटा र डा नरेन्द्रकुमार झा रहेका छन् ।
बढुवाका लागि आयोगले गत ११ बैशाखमा प्रकाशित गरेको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




