स्वास्थ्यमा सरुवा :

बनस्पति विभागबाट राष्ट्रिय औषधि प्रयोगशालामा आईन संगिता साह

काठमाडौँ, २१ असार । राष्ट्रिय औषधि प्रयोगशालाबाट पानबहादुर क्षेत्री औषधि व्यवस्था विभागमा आएपछि रिक्त भएको ठाँउमा संगिता साहलाई ल्याइएको छ ।

स्वास्थ्य मन्त्रालयले गत १७ असारमा विभाग अन्तरगर्तका कर्मचारीहरुको सरुवा गर्दा साहलाई प्रयोगशाला ल्याइएको हो ।

बरिष्ठ औषधि व्यवस्थापक साह यसअघि बनस्पति विभागमा थिईन् । बनस्पति विभागमा औषधि व्यवस्था विभागबाट सन्तोष केसीलाई सरुवा गरिएको छ ।

यस्तै बनस्पति विभागमा दरबन्दी रहेका औषधि निरीक्षक बुद्धिबल चिदीको दरबन्दी औषधि व्यवस्था विभागमा ल्याइएको छ । चिदी भने अहिले दरबन्दी बनस्पति विभागमा रहे पनि काजमा स्वास्थ्य कार्यालय रोल्पामा काम गर्दै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *