आकस्मिक तयारीका लागि सबै पक्ष सधैँ चनाखो हुनुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत

136
Shares

काठमाडौँ, ८ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सबै पक्ष सधैँ चनाखो हुनुपर्ने बताएका छन्।

आकस्मिक चिकित्सकीय समूहको कार्यक्रमलाई आज पाटनमा सम्बोधन गर्दै उनले आकस्मिक तयारीका लागि सबै पक्ष सधैँ चनाखो हुनुपर्ने बताएका हुन्।

‘आकस्मिक तयारीका लागि हामी सधैँ चनाखो हुनुपर्छ। यो कुनै एक ठाउँमा मात्रै हुने कुरा हैन तसर्थ मुलुकको सबै क्षेत्रलाई ध्यानमा दिएर विपत्तिको तयारीमा लाग्न आग्रह गर्दछु,’ मन्त्री बस्नेतले भने।

उनले संविधानप्रदत्त स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न लाग्नुपर्नेमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह गरे।

विश्वस्वास्थ्य सङ्गठन नेपाल प्रमुख डा. राजेश सम्भाजी राव पाण्डवले ईएमटी देश र जनतालाई विपत्ति परेको समयमा तुरून्तै प्रभावकारी सेवा प्रदान गर्नका लागि बनेको एउटा समूह भएको बताउँदै यो समूह समयमै समन्वय गरेर आपतकालीन अवस्था ज्यान जोगाउनका लागि क्रियाशील हुनुपर्ने बताए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले देशभर २५ अस्पताल ‘हब स्याटेलाइट’ आकस्मिक सेवा प्रदान गर्नसक्ने अवस्थामा रहेको बताए। उनले अस्पतालको मापदण्डअनुसार आकस्मिक योजना हुनुपर्ने बताए।

गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डा. मदन उपाध्यायले आकस्मिक चिकित्सकीय समूह ‘ईएमटी’ लाई कार्यान्वयनको चरणमा लैजान कार्यशालाको आयोजना गरिएको जनाउँदै पूर्वतयारीका कार्यलाई समेत लिएर दुई दिने छलफल गरिने बताए।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *