स्वास्थ्य मन्त्री बस्नेतले गरे न्याम्सको रेक्टर, रजिष्ट्रार र डीनको नियुक्ति

364
Shares

काठमाडौँ, ८ असार । उपकुलपति नियुक्ती भए लगत्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा पदाधिकारी पनि नियुक्त भएका छन्।

बुधबार न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिमा प्राडा भुपेन्द्र बस्नेतलाई नियुक्त गरेका थिए । उनले बिहीबार नियुक्त पत्र बुझेका थिए ।

त्यस लगत्तै उनले स्वास्थ्य मन्त्री समेत रहेका सहकुलपति मोहनबहादुर बस्नेतलाई रेक्टर, रजिष्ट्राट र डीनको नियुक्तीका लागि नाम सिफारिस गरेका थिए ।

सोही अनुसार मन्त्री बस्नेतले रेक्टारमा डा लोचन कार्की, रजिष्ट्रारमा डा ज्ञानेन्द्र शाह र डिनमा डा अशेष ढुंगानालाई नियुक्त गरेका हुन्।

नवनियुक्त सबै पदाधिकारीले बिहीबार नै पदवहाली गरिसकेका छन्।

न्याम्समा नियुक्त भएका पदाधिकारीमध्ये डा कार्की नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष हुन्। रजिष्ट्रारमा नियुक्ती पाएका डा शाह ट्रमा सेन्टरका चिकित्सक हुन्। यसैगरी डिनमा नियुक्त डा ढुङ्गाना वीरकै छातीरोग विशेषज्ञ हुन् ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *