बुटवल उपमहानरपालिकाको निर्णय : स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई २ हजार भत्ता

बुटवल, ६ असार । बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्रका सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी हुने स्थायी बासिन्दालाई दुई हजार रुपैयाँ दिने भएको छ । सुत्केरीको स्वास्थ्य सुधार र प्रोत्साहनका लागि भन्दै बुटवल उपमहानगरपालिकाले ‘सुत्केरीका लागि नगद २ हजार नगद प्रोत्साहन’ कार्यक्रम सुरु गरेको हो ।

नगरप्रमुख स्वास्थ्य शिशु कार्यक्रम अन्तरगर्त  मंगलबार उपमहानगरपालिकामा एक विशेष कार्यक्रम आयोजना गरी सुत्केरी नगद प्रोत्साहन कार्यक्रम सुरु गरेको हो । पहिलो पटक साउनयता प्रसूति भएका ५० आमालाई कार्यालयमै बोलाएर उपमहानगरपालिकाले सम्मानसहित नगद रकम दिइएको हो ।

नगरप्रमुख खेलराज पाण्डेयले नगदसहित साउनयता जन्मिएका शिशुलाई पोषण सामग्री समेत हस्तान्तरण गरे । आमा र नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउनका लागि पोषण भत्ता प्रदान गर्ने कार्यक्रम ल्याइएको उनले बताए । उनले यो कार्यक्रम एक परिवारको दुई जना बच्चाहरुको लागि लागू हुने बताए ।

बुटवल उपमहानगरपालिकाभित्रका सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी हुने स्थायी बासिन्दाले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यसमध्ये जुनसुकै स्वास्थ्य संस्थामा सुत्केरी भए पनि उनीहरुले प्रोत्साहन रकम पाउनेछन् ।

सुरक्षित सुत्केरी हुन सघाउँदै उनीहरुको स्वास्थ्यबारे जानकारी लिँदै आत्मबल बढाउन र हौसला प्रदान गर्नका लागि नगद प्रोत्साहन कार्यक्रम सुरु गरिएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सवित्रादेवी अर्यालले बताइन् ।

यसभन्दा अघि उपप्रमुख घरमै गएर घ्यु, ज्वानो दिनेलगायत दिन कार्यक्रम भए पनि त्यसलाई परिमार्जन गर्दै यस वर्षदेखि नगद प्रोत्साहन ल्याएको हो । बुटवल उपमहानगरपालिकाभित्र वार्षिक करिब ३ हजार ५ सय सुत्केरी हुन्छन् । यस वर्षको जेठ मसान्तसम्म ३ हजार १ सय ५० जना सुत्केरी भएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *