न्याम्सको उपकुलपति पदका लागि नौँ जना चिकित्सकको आवेदन

काठमाडौँ, ३ असार । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति बन्न नौ जनाले ईच्छा देखाएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित समिति समक्ष नौँ जना चिकित्सकहरुले आवेदन पेश गरेका छन् ।

त्यसरी आवेदन हाल्नेहरुमा न्याम्सका निमित्त उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेत, वीर अस्पतालको रेडियोलोजी विभागका प्रमुख प्राडा सरोज शर्मा र वीर अस्पतालकै पूर्व निर्देशक प्राडा बुलन्द थापा रहेका छन् ।

यस्तै परोपकार प्रसुतीगृह अस्पतालका पूर्व निर्देशक प्राडा अमिरबाबु श्रेष्ठ, कान्ति बाल अस्पतालका पूर्व निर्देशक प्राडा अजित रायमाझी, न्याम्सका निवर्तमान डीन प्राडा पिउष दाहाल र वीरकै कार्डियोभास्कुलर सर्जन डा दीपक थापाको पनि आवेदन परेको छ । यस्तै कलेजो रोग विशेषज्ञ प्राडा अनिल मिश्र र डा दीर्घराज जोशीले पनि आवेदन हालेका छन् ।

गत २६ जेठमा न्याम्सका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा तीन सदस्सीय उपकुलपति छनोट समिति गठन गरेका थिए । सो समितिका सदस्यहरुमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य रहेका छन् ।

सो समितिले यी नौ जनामध्येबाट तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्नेछ । कुलपतिले ती तीन जनामध्येबाट एक जनालाई उपकुलपति पदमा नियुक्त गर्नेछन् ।

न्याम्सका उपकुलपति प्राडा देवनारायण साहको कार्यकाल गत ३० फागुनमा सकिएपछि सो पदमा नयाँ नियुक्ती हुन सकेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *