गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग राख्दै काठमाडौँमा प्रदर्शन

काठमाडौं, ३० जेठ । कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग राख्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।
मङ्गलबार माइतीघर मण्डलामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) ले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणको लागि दबाब मुलक प्रदर्शन गरेको हो।
सरकारले आफ्नो नीति तथा कार्यक्रममा कैलालीको गेटामा सहिद दशरथ चन्द विज्ञान विश्वविद्यालय बनाउने घोषणा गरे पनि बजेटमा १०० शय्याको प्रतिष्ठान बनाउने घोषणापछि सुदूपश्चिम प्रदेशमा लगातार विरोध प्रदर्शन हुँदै आएको छ।
उक्त आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै अनेरास्ववियुले माइतीघर मण्डलाबाट सरकारलाई खबरदारी गर्नका निम्ती विरोध प्रर्दशन गरेको जनाएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

