नेकपा एमालेको स्वास्थ्य विभाग प्रमुखमा कृष्णगोपाल श्रेष्ठ

काठमाडौँ, २४ जेठ । नेकपा एमालेले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा पूर्व स्वास्थ्य मन्त्री समेत रहेका कृष्णगोपाल श्रेष्ठलाई दिएको छ ।
दुई महिने ग्रासरुट अभियान सकेपछि पार्टीका नेताहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा एमालेले स्वास्थ्य विभागको जिम्मेवारी श्रेष्ठलाई दिएको हो । साथै उनलाई स्वास्थ्य फाँट इन्चार्ज समेत बनाइएको छ ।
यसअघि पार्टीको स्वास्थ्य विभाग प्रमुखमा सचिव समेत रहेका योगेश भट्टराई थिए । उनलाई कोशी प्रदेशको इन्चार्ज बनाएर पठाइएको छ ।
विसं २०७८ सालमा शिक्षा मन्त्री रहेका श्रेष्ठले केही समय स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

