नेकपा एमालेको स्वास्थ्य विभाग प्रमुखमा कृष्णगोपाल श्रेष्ठ

260
Shares

काठमाडौँ, २४ जेठ । नेकपा एमालेले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा पूर्व स्वास्थ्य मन्त्री समेत रहेका कृष्णगोपाल श्रेष्ठलाई दिएको छ ।

दुई महिने ग्रासरुट अभियान सकेपछि पार्टीका नेताहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा एमालेले स्वास्थ्य विभागको जिम्मेवारी श्रेष्ठलाई दिएको हो । साथै उनलाई स्वास्थ्य फाँट इन्चार्ज समेत बनाइएको छ ।

यसअघि पार्टीको स्वास्थ्य विभाग प्रमुखमा सचिव समेत रहेका योगेश भट्टराई थिए । उनलाई कोशी प्रदेशको इन्चार्ज बनाएर पठाइएको छ ।

विसं २०७८ सालमा शिक्षा मन्त्री रहेका श्रेष्ठले केही समय स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *