एमाले सचेतक बर्तौला अस्पताल भर्ना

160
Shares

काठमाडौँ,३१ वैशाख । स्वास्थ्यमा समस्या देखिएपछि नेकपा (एमाले) संसदीय दलका सचेतक महेश बर्तौला अस्पताल भर्ना भएका छन् ।

उच्च ज्वरो आएपछि उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई २८ गते रातिबाट एक्कासि ज्वरो आएको थियो र ज्वरो नघट्ने देखे पछि २९ गते साँझ हेटौँडा अस्पतालमा पुर्‍याइएको थियो ।

बर्तौलालाई घाँटीको टन्सिल र कमजोरीका कारण ज्वरो आएको अस्पताल प्रशासनले जनाएको छ ।

बर्तौला गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडालाई भारी मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *