एमाले सचेतक बर्तौला अस्पताल भर्ना

काठमाडौँ,३१ वैशाख । स्वास्थ्यमा समस्या देखिएपछि नेकपा (एमाले) संसदीय दलका सचेतक महेश बर्तौला अस्पताल भर्ना भएका छन् ।
उच्च ज्वरो आएपछि उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा भर्ना गरिएको हो ।
उनलाई २८ गते रातिबाट एक्कासि ज्वरो आएको थियो र ज्वरो नघट्ने देखे पछि २९ गते साँझ हेटौँडा अस्पतालमा पुर्याइएको थियो ।
बर्तौलालाई घाँटीको टन्सिल र कमजोरीका कारण ज्वरो आएको अस्पताल प्रशासनले जनाएको छ ।
बर्तौला गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडालाई भारी मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

