‘ज्यूँदो शहीद’ मुकेश कायस्थको निधन

224
Shares

काठमाडौँ, २८ वैशाख । ‘ज्यूँदो शहीद’ भनिने बनेपाका मुकेश कायस्थको निधन भएको छ । उनको उपचारको क्रममा बनेपास्थित शिर मेमो रियल अस्पतालमा बुधवार साँझ ६ः१८ बजे मृत्यु भएको हो ।

२०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय घाइते भएका थिए ।

जनआन्दोलनका क्रममा घाइते भएका मुकेशलाई गत सोमबार सास फेर्न गाह्रो भएपछि उपचारका लागि शिर मेमो रियल अस्पताल लगिएको थियो ।

मुकेश कायस्थ प्रतिष्ठानका अनुसार कायस्थको आज (बिहीबार) अन्तिम दाह संस्कार गरिने छ ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *