‘ज्यूँदो शहीद’ मुकेश कायस्थको निधन

224
Shares

काठमाडौँ, २८ वैशाख । ‘ज्यूँदो शहीद’ भनिने बनेपाका मुकेश कायस्थको निधन भएको छ । उनको उपचारको क्रममा बनेपास्थित शिर मेमो रियल अस्पतालमा बुधवार साँझ ६ः१८ बजे मृत्यु भएको हो ।

२०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय घाइते भएका थिए ।

जनआन्दोलनका क्रममा घाइते भएका मुकेशलाई गत सोमबार सास फेर्न गाह्रो भएपछि उपचारका लागि शिर मेमो रियल अस्पताल लगिएको थियो ।

मुकेश कायस्थ प्रतिष्ठानका अनुसार कायस्थको आज (बिहीबार) अन्तिम दाह संस्कार गरिने छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *