सन्दीप लामिछानेको ‘लाइपोमा’को शल्यक्रिया

1.0k
Shares

काठमाडौँ, २५ बैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा युवा क्रिकेटर सन्दीप लामिछानेको लाइपोमाको शल्यक्रिया गरिएको छ। कलंकीस्थित नेपाल नेशनल अस्पतालमा सोमबार शल्यक्रिया गरी उनको शरीरमा रहेको छ वटा लाइपोमा निकालिएको हो।

नेपाल क्रिकेट संघ (क्यान) का चिकित्सक डा अभिषेक राज सिंहका अनुसार अहिले खेल नभएको खाली अवस्थाको मौका छोपी लामिछानेको शल्यक्रिया गरिएको बताए । उनले लामिछाने भोलि नै डिस्चार्ज हुने र नियमित खेलहरुमा फर्किने समेत जानकारी दिए ।

लाइपोमा छालाको मुनि बन्ने सानो डल्लो हो। जुन बोसोमा जम्मा भएर एक ठाउँ बसेको हुन्छ।

यो शरीरका विभिन्न ठाउँमा हुनसक्छ।

विशेषगरी गर्धन, हात, जाँघ, छाति र काँधमा हुन्छ। लाइपोमा सामान्य स्वास्थ्य समस्या हो। यो समस्या प्रत्येक एक हजारमा एक जनालाई देखिने चिकित्सकहरु बताउँछन् ।

सन्दीपले आफ्नो शल्यक्रिया सफल भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा तस्विर समेत राखेका छन् । उनले लामो प्रतिक्षापछि आफ्नो शल्यक्रिया भएको र सफल भएको उल्लेख गरेका छन् । उनले आफू छिटै नै मैदानमा फर्कने आशावादी भएको समेत बताएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *