डा. ढाकाकुमार श्रेष्ठको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ, २५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदबाट पदमुक्त गरेको डा. ढाकाकुमार श्रेष्ठमाथिको कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश तिलकुमार श्रेष्ठको एकल इजलासले सोमबार श्रेष्ठको रिटमा सुनुवाई गर्दै यस्तो आदेश दिएको हो। कारबाही गर्नुको कारण पेश गर्न पनि अदालतले भनेको छ ।
मन्त्री बन्न पार्टीलाई पैसा बुझाउनु पर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडियो बाहिरिएपछि उनलाई गत चैत २९ गते पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।
सांसद पद गुमेपछि आफूमाथि अन्याय भएको भन्दै श्रेष्ठले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

