नेपाल डेन्टल एशोसिएसनमा नयाँ केन्द्रीय कार्यकारिणी समिति गठन, अध्यक्षमा आए डा. प्रणयरत्न शाक्य
काठमाडौँ २५ बैशाख । डा प्रणयरत्न शाक्यको अध्यक्षमा नेपाल डेन्टल एशोसिएसनको नयाँ केन्द्रीय कार्यकारिणी समिति गठन भएको छ। गत १६ बैशाखमा काठमाडौं बाहिर र २३ बैशाखमा काठमाडौंमा भएको निर्वाचन पछि नयाँ कार्य समितिले पूर्णत पाएको हो।
त्यसो त अध्यक्षमा डा शाक्य र महासचिवमा डा विश्व प्रकाश ठाकुर यसअघि नै निर्विरोध निर्वाचति भएका थिए।
यो निर्वाचनमा उपाध्यक्ष, सह सचिव र कोषाध्यक्षका लागि भएको थियो।
निर्वाचनबाट उपाध्यक्षमा डा रोशन चौधरी बिजयी भएका छन् । उनी डा सुमन काफ्लेलाई एक मतले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन्। डा रोशनले ४४० र डा सुमनले ४३९ मत ल्याएका थिए।
सहसचिवमा डा हरिप्रसाद ओली ४९७ मतका साथ विजयी भएका छन्। उनले डा शंकर श्रेष्ठलाई पराजित गरेका हुन्। डा शंकले ३७६ मत ल्याएका थिए। कोषाध्यक्षमा डा विधान श्रेष्ठ विजयी भएका छन्। उनले ४९९ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी डा आशुतोष शुक्लाले ३८८ मत ल्याएका थिए।
यस्तै सदस्यहरुमा डा दीपक कुमार शर्मा, डा विप्लव अधिकारी र डा निरज ढ्याकु निर्विरोध निर्वाचित भएका छन्।
२ हजार १७१ मतदाता रहेको एशोसिएसनमा ९०५ जनाले मात्र मतदान गरेका थिए। काठमाडौं बाहिर भएको चुनावमा ४८४ र काठमाडौंमा ४२१ जनाले मतदान गरेका थिए।
नयाँ कार्यकारिणीसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
सम्पर्क इमेल : [email protected]