थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना संक्रमणमुक्त

काठमाडौँ, २४ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ९३४ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
त्यस्तै, देशभर १३३ सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमित बिरामीहरु मध्ये २० जना संस्थागत आईसोलेसनमा, ८ जना र भेन्टीलेटरमा १ जना उपचाररत रहेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

