नवनियुक्त स्वास्थ्यमन्त्री मोहन बस्नेतले लिए शपथ
काठमाडौँ, २१ वैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।
शपथग्रहण लगत्तै नवनियुक्त स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्दैछन् ।
कानून न्याय तथा संसंदीय मामिला मन्त्रीमा धनराज गुरुङ र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बस्नेतलाई स्वास्थ्य, गुरुङलाई कानुन र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।
सम्पर्क इमेल : [email protected]