जानिया हेल्थ केयरको ‘प्रि न्याटल गमिज’ अब नेपालमा पनि

काठमाडौँ, १७ बैशाख । गर्भवती भएका तथा गर्भवती हुने योजना बनाएका महिलाहरुले ध्यान दिनु पर्ने पहिलो कुरा पोषण हो । गर्भवती भएका बेला महिलाले पौष्टिक आहार मिलाउन सकेमा आफू र पेटमा हुर्कदै गएको बच्चा समेत स्वस्थ र तेजिलो हुन्छ ।
तर, कतिपय महिलाहरुले गर्भावस्ताका बेला खान नरुच्ने, बढी वाकवाकी लाग्ने आदि कारणले प्रयाप्त मात्रा ती चिजहरु खान सकिरहेका हुँदैनन् ।
यही समस्यालाई समाधान गर्न भन्दै जानिया हेल्थ केयर प्रालिले ‘प्रि न्याटल डायटरी सप्लिमेन्ट’ तयार पारेको छ । गमिज फर्ममा विकास भएको सो सप्लिमेन्ट्रीको शनिबार नेपालमा ‘प्रडक्ट लञ्च’ गरिएको छ ।
‘यो प्रडक्ट खासगरी गर्भवती भएका महिला तथा गर्भवती हुने योजना बनाएका महिलाहरुका लागि बहुत उपयोगी छ । सबै खालका भिटामिन, आइरन, मिनरल्स, फोलिट, क्यालोरिज, न्युट्रेसन जस्ता तत्वहरु मिलाएर गमिज फर्ममा तयार गरिएको यो प्रडक्टको सेवन ती महिलाहरुका लागि निकै नै फलदायी हुन्छ,’ प्रडक्ट लञ्च गरेपछि भारतबाट आएकी बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा आरती सिन्हाले भनिन् ।

उनले गर्भावस्ताको पहिलो तीन महिनामा पेटमा भ्रुणको विकास हुने भएकोले भिटामिनहरुको बहुत नै जरुरी हुने र यदि राम्रोसंग भिटामिन पाएन भने जन्मने बच्चामा केही समसया हुनसक्छ भन्दै यो प्रडक्ट उपयोगी हुने दावी गरिन् ।
जानिया हेल्थकेयरका सीईओ निरुपम कुमारले गमिज फर्ममा भएकोले यो प्रडक्टको प्रयोग गर्न सजिलो हुने दावी गरे । ‘गर्भवती भएकोे सुरुवाती अवस्थामा महिलाहरुलाई खान नरुच्ने, वाकवाकी लाग्ने हुन्छ । यसले समस्या हुनसक्छ । तर यो गमिज फर्ममा भएको यो मल्टी भिटामिन खान सजिलो, खाँदा स्वादिलो र तत्काल प्रभाव देखिने खालको छ,’ उनले भने ।

जानिया हेल्थ केयरले अमेरिकी इन्डियन कम्पनी हो । सन् २०१५ देखि डायटरी सप्लिमेन्ट उत्पादन गर्न थालेको यो कम्पनीको अहिले विभिन्न १७ देशमा विभिन्न प्रडक्टहरु निर्यात हुने गरेको छ ।
नेपालमा टर्ट न्युट्रेसन नाम दिइएको प्रडक्ट खाद्य प्रविधि र गुण नियन्त्रण विभागमा दर्ता भएको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

