पछिल्लो चौबिस घण्टामा थपिए ५१ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौँ, १६ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार २३८ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप ३५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप १ जना संक्रमित बिरामीको मृत्यु भएको छ ।
त्यस्तै, देशभर ३५ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमित बिरामीहरु मध्ये २७ जना संस्थागत आईसोलेसनमा, ८ जना आइसीयुमा र १ जना भेन्टीलेटरमा उपचाररत रहेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

