स्वास्थ्य पत्रकार मञ्च नेपाललाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार

काठमाडौँ, १२ बैशाख । एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोर्निया अमेरिकाले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई अन्तराष्ट्रिय सञ्चार सेवा पुरस्कारद्धारा सम्मान गरेको छ ।
एनआरएनले मंगलबार देउराली फाउन्डेशनको संयोजनमा चितवनको माडीमा पुरस्कार वितरण समारोहको आयोजना गरि मञ्चलाई ताम्रपत्रसहित पुरस्कृत गरेको हो । पुरस्कारको राशी १५० अमेरिकी डलर रहेको छ ।
मानव समुदायका लागि अत्यावश्यक र अति संवेदनशील स्वास्थ्य क्षेत्रको विषयमा छापा, विद्युतीय, अनलाइन सञ्चार माध्यमहरुमा लेख्ने, बोल्ने पत्रकारलाई संगठित गर्दै उनीहरुको क्षमता अभिवृद्धि, पेशागत सुरक्षासँगै प्रभावकारी र जनमैत्री स्वास्थ्य क्षेत्र निर्माणमा पुर्याएको संस्थागत योगदानको उच्च मूल्यांकन गर्दै एसोसियसनले मञ्चलाई सम्मान गरेको हो ।
मंगलबार आयोजित कार्यक्रममा पुरस्कार ग्रहण गर्दै मञ्चका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्नमा मञ्च सधैं प्रतिवद्ध रहेको बताए । उनले मञ्चलाई पुस्कृत गरेकोमा एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोर्निया अमेरिकालाई धन्यवाद दिए ।
यस वर्ष यो पुरस्कार पाउने अन्य पत्रकारका संस्थामा श्रमजीवी पत्रकार संघ, राष्ट्रिय दलित पत्रकार संघ, आदिवासी जनजाती पत्रकार महासंघ, क्रियाशिल महिला पत्रकार, मुस्लिम जर्नालिष्ट क्लव, मधेसी पत्रकार समाज, अपांग पत्रकार मञ्च, शिक्षा पत्रकार समूह र राष्ट्रिय यातायात पत्रकार संघलाई रहेका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




