चालु आर्थिक वर्ष भित्र १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप दिईदै

२० हजार भाइल एचपीभी खोप खरीद गर्दै सरकार

काठमाडौँ, ९ बैशाख । सरकारले चालु आर्थिक बर्ष भित्र २० हजार भाइल पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप खरीदको प्रक्रिया अघि बढाएको छ ।

कुल १० हजार किशोरीलाई दुई मात्राको दरले खोप दिनका लागि २० हजार भाइल एचपीभी खोप ल्याउन लागिएको हो ।

चालु आर्थिक वर्ष २०७९ ८० को बजेटको एउटा बुँदामा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम सुरु गरिनेछ भनिएको थियो ।
सोही घोषणा पुरा गर्ने योजनाका साथ एचपीभी खोप ल्याउन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगतको आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले २० हजार भाइल एचपीभी खोप यसै आर्थिक वर्ष भित्र आउने गरी खरीद सम्झौँता भएको बताए । उनले भने, ‘२० हजार भाइल एचपीभी खोप यहि आर्थिक वर्ष भित्र आउनेछ । तर कुन दिन आउने छ भनेर अहिले नै भन्न सक्दिन् ।’

उनले यसका लागि खरीद सम्झौँता भने भइसकेको जानकारी दिए ।

यसअघि शुक्रबार स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा विवेकुमार लालले यस आर्थिक वर्ष १० हजार बालबालिकाहरुलाई खोप दिईने गरी २० हजार भाइल खोप खरीद गर्न लागिएको बताएका थिए ।

महाशाखा अन्तरगर्तका खोप शाखा प्रमुख डा अभियान गौतमले यसपटक १० हजार किशोरीका लागि खोप ल्याउन लागिएको र त्यस पछि विस्तारै यो खोपलाई नियमित खोपमा लैजाने योजना रहेको बताए ।

१० हजार किशोरीका लागि २० हजार भाइल खोप आउने भनिएपनि यो खोप कहाँ र कसलाई दिईन्छ भनेर तय भइसकेको छैन् ।

एचपीभी खोप यसअघि २०७२ सालमा कास्की र चितवनमा सुरु गरिएको थियो । तर त्यसयता यो खोपले निरन्तरता पाउन सकेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *