कर्णाली प्रदेशमा सामाजिक मन्त्री बने खड्गबहादुर पोखरेल

सुर्खेत, ७ बैशाख । कर्णाली प्रदेशमा खड्गबहादुर पोखरेल सामाजिक विकास मन्त्री बनेका छन् । बिहीबार उनीसँगै कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्रीले प्रदेश प्रमुख तिलक परियारसंग पद तथा गोपनीयताको सपथ लिएका छन्।
मन्त्री पोखरेल नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेका हुन् । उनीसंगै कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले पनि पद तथा गोपनियताको सपथ लिएका हुन्।
यता बिहीबार नै यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी सांसद उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा सपथ लिएकी छन्।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




