आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

 

काठमाडौँ, ६ वैशाख । सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ ।

यसैगरि, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आजवाट नै खुवाइने मन्त्रालयले जनाएको छ। भिटामिन ए र जुकाको औषधि भोलिसम्म खुवाइनेछ ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा भिटामिन ए र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *