लुम्बिनी प्रदेश सरकारद्धारा विभिन्न अस्पतालका अध्यक्ष तथा सदस्य नियुक्त

दाङ, ४ बैशाख । लुम्बिनी प्रदेश सरकारले आफू मातहतका प्रादेशिक तथा जिल्ला अस्पतालमा रिक्त रहेका अस्पताल विकास समिति अध्यक्ष तथा सदस्य पदमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गरेको छ ।
मुख्यमन्त्रीको कार्यालयमा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रादेशिक अस्पताल र प्युठान जिल्ला अस्पताल विकास समिति र अरु जिल्ला अस्पतालहरुमा सदस्य पदमा नियुक्त गरेको हो ।
बैठकले लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा अजय श्रेष्ठलाई नियुक्ती गरेको छ । साथै सोही अस्पतालमा लक्ष्मी खनाललाई सदस्य पदमा नियुक्त गरेको हो ।
यस्तै प्युठान अस्पताल विकास समितिको अध्यक्षमा विनयविराज श्रेष्ठलाई नियुक्त गरेको छ । यसैगरी गुल्मी जिल्ला अस्पताल विकास समितिको सदस्यमा सञ्जीवनी अर्याल, भीम अस्पताल भैरहवाको विकास समिति सदस्यमा लक्ष्मी केसी, कपिलबस्तु जिल्ला अस्पताल विकास समितिको सदस्यमा सारदा चपाँँई, पृथ्वीचन्द्र अस्पताल विकास समितिको सदस्यमा सरिता पौडेल र रोल्पा अस्पताल विकास समितिको सदस्यमा सुधा न्यौपानेलाई नियुक्त गरिएको छ ।
यस्तै पाल्पा अस्पताल विकास समितिको सदस्यमा शशि श्रेष्ठ, बर्दिया अस्पताल विकास समितिको सदस्यमा कल्पना ज्ञवाली, रामपुर अस्पताल पाल्पाको विकास समिति सदस्यमा सरस्वती भट्टराईलाई नियुक्त गरिएको बैठक पछि स्वास्थ्य मन्त्री बिष्णु पन्थीले जानकारी दिए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




