काँग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य अवस्था गम्भीर

0
Shares

1467788503749_RoS_160706_IMG_2857

काठमाडौँ, २२ असार – ओम अस्पताल भर्ना भएका नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

उनलाई हृदयाघातको आशङ्का गरिए पनि परीक्षणका क्रममा हृदयाघात नभएको तर फोक्सोको निमोनिया रहेको उपचारमा संलग्न चिकित्सक डा. लव जोशीले जानकारी दिए ।

चिकित्सकका अनुसारको अहिले उनको रक्तचापको अवस्था ९०/६० रहेको छ । पिसाब बन्ने क्रम प्रतिघन्टा ५० एमएल रहेको छ । रक्तचाप कम भएकाले उनलाईअहिले तीन किसिमका औषधि दिइएको छ भने शरीरको तापक्रम बढाउन नदिने उपाय अपनाइएको उनले बताए ।

डा. जोशीले भने —‘‘उहाँको स्वास्थ्यलाई स्थिर राख्ने प्रयास गरिएको छ । उहाँको अवस्था गम्भीर छ ।’’

डा. कोइरालाको उपचारमा डा. अर्जुन कार्की, डा.भगवान कोइराला, डा. युएन पाठक, डा.लवजोशी, डा.श्याम महर्जन, डा. सुवास आचार्य, डा. महेश भट्टराई, डा. रवीन्द्र श्रेष्ठ, डा. रावल पाठक, डा. पिके क्षेत्री, डा.हरिकिशोर श्रेष्ठ, डा. हरिश जोशीलगायतका १५ जनाभन्दा बढी चिकित्सकको टोली सक्रिय रहेको अस्पतालले जनाएको छ ।

डा. कोइरालालाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारतमा लैजाने तयारी भए पनि शरीरको अवस्था स्थिर नरहेका कारण तत्काल सम्भव नभएका कारण लैजान नसकिएको पनि अस्पतालले जनाएको छ ।

महामन्त्री डा. कोइरालाको स्वास्थ्य अवस्था जानकारी लिन अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी सभापति शेरबहाुदुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पार्टीका शिर्ष नेताहरु पुगेबम छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले कोइरालाको उपचारमा कुनै कमी हुन नदिन चिकित्सक एवम् अस्पताल प्रशासनलाई निर्देशन दिए । –  रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *