स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालले गर्‍यो नयाँ वर्षको शुभकामना आदानप्रादान कार्यक्रम

108
Shares

काठमाडौँ १ बैशाख ।  स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको आयोजनामा नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

संघका अध्यक्ष डा शालिकराम धितालको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंह, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक तथा संघका आजिवन सदस्य सुनिल राज शर्मा, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुम लाल दास, संघका उपाध्यक्ष हेम राज खड्का, महासहिब डा भक्त बहादुर केसी, सचिव शैलेन्द्र कुमार पाण्डे, कोषाध्यक्ष बिनोद कुमार अर्याल, संघका आजिवन सदस्य प्राध्यापक शिव प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा प्राध्यापक शिव प्रसाद सापकोटाले स्वास्थ्य प्रवद्र्धन शिक्षाको बुझाई त्यसको कार्य क्षेत्र र दायारा बढाउनु अपरिहार्य रहेको बताए। निर्देशक डा चुमन लाल दासले स्वास्थ्य प्रवद्र्धन भनेको स्वास्थ्य सेवाको खम्बा भएको बताए।

निर्देशक सुनिल राज शर्माले अबको स्वास्थ्यको नीति तथा योजनामा राष्ट्रिय स्वास्थ्य सूचना तथा संचार केन्द्रको तर्फबाट सधै यस क्षेत्रको विकासका लागि तत्पर रहेको बताए। प्रमुख अतिथि डा दिपेन्द्र रमण सिंहले आजको युग भनेको स्वास्थ्य प्रवद्र्धनको युग भएको बताए।

संघका अध्यक्ष डा शालिक राम धितालले स्वास्थ्य प्रवर्द्धनका लागि शुशासन, स्वास्थ्य साक्षरता, र स्वस्थकर शहरको अवधारणामा काम गर्ने र स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपाल सरकारको नीति अनुरुप अघि बढ्ने बताए। कार्यक्रमको संचालन महासचिव डा भक्त बहादुर केसीले गरेका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *