स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन आजबाट काठमाडौँमा

40
Shares

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौ राष्ट्रिय शिखर सम्मेलन आजबाट काठमाडौँमा सुरु हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुन लागेको दुई दिने उक्त सम्मेलनको नारा ‘स्वास्थ्यका लागि अनुसन्धान कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने तय गरिएको छ ।

परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले राज्यको स्वास्थ्य नीति तथा योजनाका लागि सहयोग गर्न तथा सुझाव दिनका लागि हरेक वर्ष शिखर सम्मेलन आयोजना गर्दै आइरहेको बताए ।

‘नेपालका विभिन्न स्थानमा रहेका स्वास्थ्य अनुसन्धानकर्ताहरु, जनसंख्याविदहरु तथा नीति निर्माणकर्ताहरुलाई सम्लग्न गराईँ, उनीहरुको विज्ञताको उच्च सम्मान गर्दै तथ्यमा आधारित नीति निर्माण गर्न तथा दिनप्रतिदिन बढ्दै गएका जनस्वास्थ्यका मुद्धाहरुको अन्तरविषयात्मक अनुस्न्धान सम्वोधन गर्न मार्ग निर्देशन गर्नु अर्को उदेश्य हो,’ डा ज्ञवालीले भने ।

यसपटक सम्मेलनमा १५० वटा कार्यपत्र प्रस्तुतिकरण हुने बताइएको छ । यस्तै एक दर्जन बढी व्यक्तित्वलाई आमन्त्रित विज्ञको रुपमा प्रस्तुतिका लागि निमन्त्रणा गरिएको समेत परिषद्ले जनाएको छ । सम्मेलनका लागि दुईवटा प्लेनरी सेसन र नौ वटा प्यारालाल सेसन रहने बताइएको छ ।

सम्मेलनलाई पारदर्शी तथा जवाफदेही बनाउनका लागि विभिन्न समितिहरु, एडभाइजरी कमिटि, स्टेरिङ कमिटि, स्यान्टेफिक कमिटि, अर्गनाइजिङ कमिटि तथा अवार्ड छनौटका लागि उप समितिहरु बनाइएको बताइएको छ ।

परिषदका प्रमुख अनुसन्धानकर्ता डा मेघनाथ धिमालले सम्मेलनका लागि जनस्वास्थ्यसंग सम्वन्धीत २०१ वटा अनुसन्धानका एब्स्ट्राक प्राप्त भएको र त्यसमध्ये १३७ वटा मौखिक र ६४ वटा पोस्टर प्रस्तुति रहने बताए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *